
काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

























