प्रधानमन्त्री शाहले दिए तिहारको शुभकामना

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १०:२९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले काग तिहार तथा यमपञ्चकको पहिलो दिनका अवसरमा शनिबार शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराको चर्चा गरेका छन् । आधुनिक सञ्चारको विकास हुनुअघि काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिने गरेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले यमपञ्चकका अवसरमा परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको पनि स्मरण गरेका छन् । हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा समेत बुझाएको उनको भनाइ छ । यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वास रहेको उनले उल्लेख गरेका छन् ।

धन्वन्तरी जयन्तीका अवसरमा पनि शुभकामना दिँदै उनले आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गरेका छन् । उनले सबैको निरोगी जीवनको कामना गरेका छन् ।

भोलि पर्ने कुकुर तिहारका अवसरमा कुकुरलाई मानिसको विश्वासिलो र वफादार साथीका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका छन् । कुकुरप्रतिको प्रेम र कृतज्ञता व्यक्त गर्ने यस पर्वले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई पनि प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।

सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा पर्वहरूले प्रदान गरून् भन्ने कामना पनि प्रधानमन्त्री शाहले गरेका छन् ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड
दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला
‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’
धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
तिहार : धनकुटाका फूल किसानलाई चटारो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.