वीपी राजमार्ग : जाइकाले सुरु गर्‍यो पुन:निर्माण

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार ११:०३

काभ्रेपलाञ्चोक। प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुन:निर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पुन:निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुन:निर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो। डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए। यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनि:निर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए। उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुन:निर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ।

यस्तै चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म (११ दशमलव आठ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ। यसैगरि पिप्लेदेखि डालोबेँशी (दुई दशमलव तीन किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ। उनले भने “विपी राजमार्ग पुन:निर्माणको काम लक्ष्य अनुरूप नै भइरहेको छ।”

विसं २०८१ असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभ्रेपलान्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो।

क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुन:निर्माणको काम भइरहेको छ। आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताए। उनका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुन:निर्माण भइरहेको हो।

सो राजमार्गअन्तर्गत काभ्रेपलान्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव ३ किमी सडक पुन:निर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग रु ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग रु एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुन:निर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग रु एक अर्ब ३३ करोडमा सम्झौता भएको छ।

यसैबीच वीपी राजमार्गमा हाल पुन:निर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ। “एक दुई स्थानमा साघुँरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र अप्ठेरो छैन,” योगेशले भने।

उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ। डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ।

हाल पुन:निर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ। उनका अनुसार वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अवरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा उक्त राजमार्गलाई लिइन्छ। क्षतिग्रस्त खण्ड पुन:निर्माणका लागि सरकारले कुल रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको थियो। जसमध्ये काभ्रेपलान्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको छ।

योगेशका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ। तीनवटै खण्डमा छ दशमलव तीन किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ देखि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड
दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला
‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’
धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
तिहार : धनकुटाका फूल किसानलाई चटारो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.