मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १३:१०

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधारको अवस्था र प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिइन् ।

मन्त्री बादीले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे पनि चासो राखेकी थिइन् । उनले तोकिएको समयभित्र सबै तयारी पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

१०औँ राष्ट्रिय खेलकुदले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगिताको सफलताको शुभकामना दिइन् ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
कस्तो रहने छ भाइटीकाको दिन मौसम ?
ढाका टोपीमा सजिएर नेपाल फेस्टिभलमा पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
मिडियामाथिको दबाबविरुद्ध प्रदर्शन
२० निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.