
विराटनगर । मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
कानेपोखरी गाउँपालिका–२ का ६५ वर्षीय मधु राजवंशीको मृत्यु भएको हो । गत कात्तिक १९ गते साँझ करिब ६ः२० बजेतिर कानेपोखरी–रंगेली सडकखण्डमा प्रदेश १–०१–०१९ प २७९७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका राजवंशीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउको र कानमा चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान ८ः१७ बजेतिर विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका–१० का २७ वर्षीय हर्सल खड्का र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























