देउवा समूहको ३९ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १४:४८

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले समानान्तर रूपमा अघि बढाएको जिल्ला अधिवेशनअन्तर्गत ३९ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।

समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ती जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका हुन् । समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि कात्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूमा ताप्लेजुङमा अमरबहादुर सेन्दाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, खोटाङमा रोजेन राई, धनुषामा कोमलकान्त झा, बारामा राजेशराय यादव, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत, चितवनमा मिलनबाबु श्रेष्ठ र कास्कीमा ऋषिराम काफ्ले छन् ।

त्यस्तै पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्रबहादुर गोदार, म्याग्दीमा हिराबहादुर पुन, कपिलवस्तुमा राजेश सिंह, अर्घाखाँचीमा बाबुराम पौडेल, रोल्पामा मानबहादुर खत्री, प्युठानमा देवेन्द्र बर्मा, दाङमा गोपालराज शर्मा, रुकुम पश्चिममा नन्दबहादुर विष्ट र सल्यानमा दीपक चन्द सभापति चयन भएका छन् ।

जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा नगेन्द्र विष्ट, दैलेखमा दिनेशकुमार हमाल, डोटीमा बाजिसिंह खड्का, दार्चुलामा सुरेन्द्रराज अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, बझाङमा हर्कजंगबहादुर सिंह र उदयपुरमा बसन्तकुमार बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी रसुवामा उपेन्द्र लम्साल, बाँकेमा प्रमोद श्रेष्ठ, जाजरकोटमा रामजंग शाह, डडेलधुरामा डिल्लीराम जोशी, बाजुरामा धनराज पण्डित, काभ्रेपलाञ्चोकमा रमेशप्रसाद हुमागाईं, गुल्मीमा वेदबहादुर थापामगर, बर्दियामा जग्गाप्रसाद पाण्डे र ओखलढुंगामा डेकराज भट्टराई जिल्ला सभापति चयन भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.