
झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण गरिएको छ ।
भक्तपुरको प्राचीन कला शैलीमा निर्माण गरिएको शालिकमा २० लाख रुपैयाँ खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए ।
मेचीनगरमा शङ्खधर साख्वाको यो पहिलो शालिक हो । मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम जनसहयोगबाट जुटाइएको शाक्यले बताए ।
शालिक रहेको स्थललाई समेत भक्तपुरको प्राचीन कला शैलीमा सजाइएको छ । शालिक एउटै ढुङ्गामा कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले जानकारी दिए ।

























