तीन प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार ०७:३६

काठमाडौं । भाइटीकाको दिन बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ । देशका अन्य हिमाली क्षेत्र, पहाडी भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

राति देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, राति तथा बिहानपख तराईका भू–भाग, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.