झापामा ४० लाख मूल्यका अवैध भारतीय फूलमाला बरामद

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार ०७:३७

झापा । सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० रुपैयाँ मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा उक्त फूलमाला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार मंगलबार १४ लाख १५ हजार ३०० रुपैयाँ र सोमबार २५ लाख ६३ हजार ४०० रुपैयाँ मूल्य बराबरका फूलमाला बरामद गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गर्दै आएको छ । प्रशासनले अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.