‘युरोभिजन एसिया’ मा प्रतीकलाई भोट गर्न अपिल

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १३:४३

विराटनगर । थाइल्याण्डको बैंककमा शनिबार आयोजना हुने ‘युरोभिजन सङ्ग कन्टेस्ट एसिया २०२६’ मा नेपालका तर्फबाट गायक प्रतीक हिमाल राईले प्रतिस्पर्धा गर्दै छन् । उनलाई विजयी गराउन देश तथा विदेशमा रहेका नेपालीसँग भोटमार्फत सहयोग गर्न अपिल गरिएको छ ।

प्रतियोगितामा नेपालसहित फिलिपिन्स, मलेसिया, भियतनाम, लाओस, दक्षिण कोरिया, भुटान, थाइल्याण्ड, कम्बोडिया, बङ्गलादेश र मङ्गोलियाका कलाकारले आ-आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेता निर्णायक मण्डल र दर्शकको भोटका आधारमा छनोट हुनेछ । प्रतियोगिताको नियमअनुसार नेपालभित्रबाट नेपालका लागि भोट गर्न नपाइने भएकाले विदेशमा रहेका नेपालीको साथ र भोट आवश्यक रहेको जनाइएको छ ।

नेपाली समयअनुसार आज राति ७:१५ देखि ९:१५ बजेसम्म Eurovisionasia.com/vote मार्फत अनलाइन भोट गर्न सकिनेछ । एक व्यक्तिले आठ भोटसम्म निःशुल्क गर्न पाउने व्यवस्था छ ।

अन्तर्राष्ट्रिय साङ्गीतिक मञ्चमा नेपालको पहिचान र गौरव बढाउन तथा नेपाली कलाकारलाई प्रोत्साहन गर्न राईको पक्षमा भोट गर्न आग्रह गरिएको छ । युरोभिजन एसियाको पहिलो संस्करणको उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित उनलाई सहयोग गर्न अपिल गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.