
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तथा युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५ रुपैयाँ निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा एवं बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।



















