सुनसरीमा छठ पूजास्थल तोडफोड, दुई युवक पक्राउ

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार ०६:०५

सुनसरी । छठ पर्वको पूजा जारी रहेका बेला सुनसरीको हरिनगर गाउँपालिकास्थित छठ पूजास्थलमा तोडफोड गरिएको छ । तोडफोडमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा आइतबार साँझ करिब ७ः३० बजेतिर तोडफोड भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार साँझको छठ पूजा सकेर श्रद्धालु भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी खड्काले दिए ।

उनका अनुसार तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको छ । श्रद्धालु भक्तजनलाई आगामी पूजामा निर्धक्क सहभागी हुन प्रहरीले आग्रहसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.