सुनसरीमा सफारीबाट २२ हजार पिस बढी लागुऔषध बरामद

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार ०६:१३

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा लुकाएर ल्याइएको २२ हजार ४७० पिस लागुऔषध बरामद गरिएको हो ।

हरिनगर गाउँपालिका–७ खानचोकमा आइतबार दिउँसो प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा टोली घुस्कीहाटबाट संयुक्त रूपमा खटिएको टोलीले लागुऔषध बरामद गरेको हो । प्रहरीका अनुसार दिउँसो २ः२० बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १०५२ नम्बरको सिटी सफारीलाई प्रहरीले रोक्न खोजेको थियो ।

तर, प्रहरीलाई देखेपछि चालकसहित त्यसमा सवार व्यक्तिहरू सफारी छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले सिटी सफारी चेकजाँच गर्दा स्पास्पेन प्रो नामक १५ हजार थान ट्याब्लेट र ट्रामोल ५० नामक ७ हजार ४७० थान क्याप्सुल फेला पारेको थियो ।

बरामद लागुऔषध र सिटी सफारी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार चालक तथा लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.