ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ०६:५०
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ

सुनसरी । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित सुनसरीको लौकहीबाट दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले सोमबार दिउँसो ३ः३० बजे कोशी गाउँपालिका–१ स्थित लौकही पूर्व बसस्टेन्डमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर १ ग्राम ७७० मिलिग्राम फेला पारेको हो । प्रहरीका अनुसार विष्टको साथबाट ५६० मिलिग्राम र चौधरीको साथबाट १ ग्राम २१० मिलिग्राम पदार्थ बरामद भएको छ ।

दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.