दल त्यागको निर्णयपछि जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ०९:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत काम गरी दल त्याग गरेको भन्दै जसपा नेपालको केन्द्रीय समन्वय समितिले गरेको निर्णयका आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको जनाएको हो । आयोगले बुधबार निर्णय गरी बिहीबार सूचना प्रकाशित गरेर सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्यागसम्बन्धी जानकारी प्राप्त भएपछि पद रिक्त भएको निर्णय गरिएको आयोगले जनाएको छ ।

पद गुमाउने जनप्रतिनिधिमा सिराहाका ३, पर्साका २, खोटाङका ८, भोजपुरका १, उदयपुरका १, इलामका २ र सुनसरीका १ जना छन् ।

उनीहरूमध्ये उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य तथा नगरकार्यपालिका सदस्य रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.