सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घट्यो

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १०:५०
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख २० हजार ८ सय ५० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य २ हजार ८ सय ५९ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.