झापाको होटलमा बसेर ब्राउन सुगरको कारोबार, इलामका युवक पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १५:२७

झापा । झापाको बिर्तामोडस्थित होटलमा बसेर लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै आएका इलामका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका–१ घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलमा बस्दै आएका २३ वर्षीय रचित भट्टराई रहेका छन् ।

प्रहरीका अनुसार बुधबार साँझ ५ः४५ बजेतिर बिर्तामोड नगरपालिका–५ गणपति रोडमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर भट्टराईलाई चेकजाँच गरेको थियो । सो क्रममा उनको साथबाट ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) फेला परेको थियो ।

प्रहरीले उनको साथबाट २३ हजार ५०० रुपैयाँ नगद र प्र १–०१–०१२ प ५९०९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको थियो । भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनले आफू बस्दै आएको होटलको कोठामा समेत लागुऔषध लुकाएर राखेको खुलेको झापा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

त्यसपछि प्रहरीले बिहीबार होटलको कोठामा खानतलासी गर्दा खाटमुनि लुकाएर राखेको थप ३ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी बुढाथोकीले दिए । उनका अनुसार पक्राउ परेका भट्टराईको साथ र होटलको कोठाबाट बरामद लागुऔषध, नगद तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.