सुनसरीमा लागुऔषधसहित १३ जना पक्राउ

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार ०६:२०
उदयपुरमा बोल्न नसक्ने किशोरीमाथि बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

सुनसरी । सुनसरीका विभिन्न स्थानमा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा ब्राउन सुगरसहित ठूलो परिमाणमा प्रतिबन्धित औषधिसमेत बरामद भएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिकदेखि सुनसरी, मोरङ र उदयपुरका बासिन्दासम्म छन् । पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर (हैरो हेरोइन) जम्मा १७६.८२ ग्राम, डाइक्लोमेन ५ हजार ९३० ट्याब्लेट, नाइट्रोजन ४४५ ट्याब्लेट, स्पासप्रोक्सीभोन ६५ ट्याब्लेट र ट्रामाडोल १५ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले गोप्य सूचनाका आधारमा निगरानी र चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

कोसी गाउँपालिका–१ लौकहीस्थित केराघारीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको बिहारस्थित अररिया जिल्लाको बसमतिया बेलहा–८ का २० वर्षीय पंकजकुमार खत्वे, २० वर्षीय महेशकुमार शर्मा र २५ वर्षीय मन्तोष शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट ४२.२७ ग्राम ब्राउन सुगर रामद भएको थियो ।

त्यस्तै, भोक्राहा–नरसिंह गाउँपालिका–६ स्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरीका तीन जनालाई प्रहरीले शंकाका आधारमा जाँच गर्दा १.४३ ग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ पर्नेमा इटहरी–४ का २२ वर्षीय राजेश ऋषिदेव, इटहरी–७ का २० वर्षीय सञ्जय अधिकारी र इटहरी–४ का ३९ वर्षीय सन्तकुमार खड्का छन् ।

इटहरी–५ आइतबारेबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ३४ वर्षीय उदितनारायण चौधरी पनि पक्राउ परेका छन् । उनको साथबाट ८.६५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, धरान–१४ हात्तीसार पथमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले राजकुमार डंगोलको घरमा छापा मारेको थियो । उक्त कारबाहीमा धरान–१५ का २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूको पक्राउ परृेकाको साथबाट १२४.४७ ग्राम ब्राउन सुगरसहित विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद भएको छ । पक्राउ परेकाहरू लागुऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.