प्रतीकात्मक तस्बिरविराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन् ।
अन्दाजी ५० देखि ५५ वर्षका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ। उनको नाम, थर र ठेगाना खुलेको छैन । उनी पानी बेच्दै हिँड्ने व्यक्ति रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब निरीक्षक कुमार राईको नेतृत्वमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।
त्यसपछि प्रहरी निरीक्षक भीमराज राईको नेतृत्वमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगललबारे पठाएको छ ।

























