
काठमाडौं । नेपाली युवा टोली साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको हो ।
पहिलो सेमिपाइनल खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट भएको थियो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउ गरे । नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।



















