
काठमाडौं । घरेलु मैदानमा जारी साफ यु– २० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।
नेपाल पनि भुटानलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।
समूह चरणमा भने नेपाल र बंगलादेशसँगै थिए, समूह ए को चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल समूह बिजेता बनेको थियो ।
उपाधिका लागि दुई टोलीबीचको खेल भोलि बुधबार हुनेछ ।



















