नेपाललाई पराजित गर्दै बंगलादेश बन्याे साफ यू -२० च्याम्पियन

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १२, बुधबार १६:५७

काठमाडौं । घरेलु टोली नेपाललाई पराजित गर्दै बंगलादेश पहिलो पटक साफ यू–२० च्याम्पियन बनेकाे छ । उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई ४–१ गोल पराजित गर्याे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।

दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न सकेन् । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । खेलको ७१ औं मिनेटमा रवि हुसेनले तेस्रो गोल गरे ।

नेपालका लागि समिर तामाङले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा चौथो गोल गर्दै बंगलादेशले नै गोल गर्दै उपाधि जित्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.