
काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभूवन आर्मी क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन विमला चौधरीले २ गाेल, सावित्रीदेवी मगर र अनिता लम्जेलले समान १-१ गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल बागमती युथ क्लब र कोशी प्रदेशबीच तथा दोस्रो खेल वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच हुनेछ ।



















