
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा फ्रेन्चाइज सबैभन्दा महंँगोमा बिक्री भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ गर्दा पोखरा सबैभन्दा महंगो मूल्यमा बिक्री भएको हो । पोखरा महंँगोमा बिक्री हुँदा कर्णाली न्यून मूल्यमा बिक्री भएको छ ।
नेपाल टी–२० प्रा.लिले ३ करोड ५७ लाखमा पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ लिएको छ ।
जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टस २ करोड ५ लाखमा लिएको छ । विराटनगरको फ्रेन्चाइजी एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।
लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको छ । सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ खरिद गरेको छ ।
चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ लाख ७६ लाख एक हजार रुपैयाँ र कर्णालीको फ्रेन्चाइजी हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजारमा खरिद गरेको छ ।
मंसिर १५ देखि ६ पुससम्म एनपीएल हुँदैछ । एनपीएलमा ८ टिम सहभागी हुनेछन् । खुला बिडिङमार्फत ८ वटा फ्रेन्चाइजी बिक्री गर्दा नेपाल क्रिकेट संघ क्यानले १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ पाएको छ ।



















