विराटनगरमा आजदेखि सुरु हुँदैछ विद्यालय नाटक महोत्सव

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २२, शनिबार ०८:५९

विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा आजदेखि विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु हुँदैछ ।

गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार (आज)सविन भट्टराईको निर्देशनमा बनेको नाटक नीलाम्बरको आकाशयुद्ध मञ्चन हुनेछ ।
आजदेखि सुरु हुने नाटक महोत्सव भदौ ३१ गतेसम्म चल्ने छ । महोत्सवमा मोरङको विराटनगर, विराट चोक, बेलबारी र रंगेलीका विद्यालयका विद्यार्थीहरुले १० वटा नाटक मञ्चन गर्ने छन् ।

नाटक प्रत्येक दिन दिउँसो २ बजे मञ्चन हुनेछ । दोस्रो दिन आइतबार विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले मनिषा राजवंशीको निर्देशनमा तयार नाटक बुद्धिमानी आमा, तेस्रो दिन दिल्ली पब्लिक स्कुल विराटनगरले मयुरेस वर्माद्वारा निर्देशित नाटक छिमेकी मञ्चन गरिने छ ।

चौथो दिन आदर्श माध्यमिक विद्यालय विराटनगरले प्रनिशा रेग्मीद्वारा निर्देशित नाटक भविष्य निर्माण, पाँचौ दिन ग्रीनल्याण्ड सेकेण्डरी स्कुल विराटनगरले चर्चिता अधिकारी र दित्शा लुँइटेल निर्देशित नाटक रङ, छैठौं दिन पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल विराटनगरले रेणुका  बजगाईं घिमिरेद्वारा निर्देशित नाटक एक पटक बोलेको एक रुपियाँ मञ्चन हुनेछ ।

सातौं दिन नमुना विद्या मन्दिर विराटनगरले पशुपति रिमालद्वारा निर्देशित जिम्मेवारी कसको ?, आठौं दिन बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले विकास बुढाथोकीद्धारा निर्देशित नाटक स्मार्ट बन्द मञ्चन हुनेछ ।

त्यस्तै नवौं दिन विराट चोकको सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले सोनाम तामाङद्वारा निर्देशित नाटक ‘ज्ञ’ र अन्तिम दिन भदौ ३१ गते रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले रमेशचन्द्र अधिकारीद्वारा निर्देशित साबित्रीको बाख्रो मञ्चन हुनेछ ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×