एन्फा महिला लिगः वालिङ र विभागीय टोली एपिएफको जित

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार १९:१९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको महिला लिगमा वालिङ नगरपालिका र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले जिते निकालेका छन् ।

प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा वालिङ नगरपालिकाले संकटा क्लबलाई १–० गोलअन्तरमा पराजित गरेको हो । वालिङको जितका लागि विदेशी खेलाडी सिसि नान्टोगोंले गोल गरिन् ।

त्यसैगरी, आजै भएको अर्को खेलमा एपिएफले चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो गोल संख्या पराजित गर्दै अंक जोडेको छ ।

एपिएफका लागि रेनुका नगरकोटीले २ गोल, सविता राना मगर, प्रीति राई र गीता रानाले समान १–१ गोल गरे ।

यो जितसँगै एपिएफले ३ खेलमा २ जित र १ बराबरी खेल्दै ७ अंक जोडेको छ भने चन्द्रपुर ३ खेलमा २ हार १ बराबरी खेल्दै १ अंक मात्रै जोडेको छ ।

प्रतियोगिताको मंगलबार विभागीय टोली त्रिभूवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.