नेपाली टाेलीकाे क्यानडा भ्रमण : तीन खेलाडी बाहिर, दुईलाई मौका

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २५, मंगलबार ०५:३९

विराटनगर । नेपालले क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलका लागि तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदलाई समेटेर टोली घोषणा गरेको हो ।

दुई खेलाडीले पुनरागमन गर्दा मध्यक्रमका ब्याटर सन्दीप जोरा, आकाश चन्द र सागर ढकाल टोलीबाट बाहिर भएका छन् ।

क्यानडा, नेपाल र ओमानबीचको खेलपछि नेपाल अमेरिका भ्रमणमा जानेछ । नेपाल क्यानडातर्फ आज जानेछ ।

नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.