
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको ।
सिनियर र जुनियरमा समान १–१ पुरुष / महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), २ खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिने छ । स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदरपत्र तथा बाँकीलाई कदरपत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
सोही अवसरमा राखेपमा २० वर्ष सेवाअवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ । वर्षमा हासिल गरेको उपलब्धी, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।
२०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।



















