विराटनगरका प्रसाईंले जिम्मेवारी सम्हाले

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार १९:३७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभितराज प्रसाईंले बिहीबार जिम्मेवारी सम्हालेका छन् ।
भदौ २१ गते तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाएका प्रसाईंले बिहीबार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् । निर्देशक प्रसाईं विराटनगरका बासिन्दा हुन् ।
करातेका पूर्वमुख्य प्रशिक्षक प्रसाईं २०५० असोज ८ गते सहायक प्रशिक्षकका रुपमा करार सेवामा राखेपमा प्रवेश गरेका थिए । उनी २०५२ असोज १ गते अधिकृत स्तरमा स्थायी भएका थिए ।
तालिम तथा प्रशिक्षकका उपनिर्देशक विष्णुबहादुर सिंह, विभागका नायब वरिष्ठ प्रशासकीय अधिकृत सुजन खतिवडा, आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कटुवाल, करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले प्रसाईंलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.