विश्वकप क्रिकेट लिग २ : नेपालले क्यानडासँग खेल्दै

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३१, सोमबार ०७:०८

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग २ मा आज नेपालले क्यानडासँग खेल्दैछ । क्यानडा भ्रमणमा रहेको नेपालले घरेलु टोली क्यानडासँग आज राति पाैंने १२ बजे खेल्नेछ ।

 गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग– टु कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ ।

सात महिनापछि मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण हुने छ ।

क्यानडापछि नेपालले स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ ।

भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबल सहित नेपाली राष्ट्रिय क्रिकेट टोली यतिखेर शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यकासाथ क्यानडा भ्रमणमा छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.