विराटनगर बास्केटबल कपको उपाधि विकेभीएम र अरनिकोलाई

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३१, सोमबार १७:०७

विराटनगर। पाचौं संस्करणको विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’को उपाधि विकेभीएम र अरनिको स्कुलले जितेको छ ।

एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६ / ३५ अंकले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा एभरेष्ट स्कुल तेस्रो भयो ।

महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६/२४ अंकले पराजित गर्दै उपाधि जितेको छ। महिला तर्फ पनि एभरेष्ट स्कुल तृतीय भएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भए । उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए । सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भए । डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल घोषित भए ।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त, मोरङ बास्केट बल संघका उपाध्यक्ष अनिल राई,तेजराज गिरी,नवनित प्रधान,सरोज बस्नेत,सागर ढुंगाना, अनुभव दाहाललगायतले वितरण गरेका थिए । कार्यक्रम संयोजक दिपेश कटवालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.