आइटिएफ महासंघको २७ औं वार्षिक साधारणसभा सम्पन्न

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १, मंगलबार १३:४६

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २७ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

लाजिस्पाटस्थित सम्पदा गार्डेनमा प्रवीणकुमार कार्कीको अध्यक्षतामा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य डा. शशांक कोइरालाले उक्त साधारणसभाको उद्घाटन गरेका थिए ।

सो अवसर देशले सफलता पाउन तीन तहकै सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पूर्वअध्यक्ष एवम् एसिया आइटिएफका कार्यकारी सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आटर्स गेम्स कमिटीका महासचिव रूपसिं मोक्तान र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ति मगरको उपस्थिति रहेको थियो ।

बन्द सत्रमा अध्यक्ष कार्कीको वार्षिक तथा सांगठानिक प्रतिवेदन पास भएको थियो । साधारणसभाले महासंघका कोषाध्यक्ष विक्रम बाठा मगरको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पास गर्यो ।

कार्यक्रममा महासचिव घमबहादुर थापाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त साधारणसभामा कूल ९१ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।

सो अवसरमा महासंघले यसै वर्ष अन्तर्राष्ट्रिय अम्पायर कोर्ष आयोजना र देशका विभिन्न ठाउँमा समय अनुकूल राष्ट्रिय प्रतियोगिता गर्नेलगायत विभिन्न कार्यक्रमसमेत प्रस्तुत गरेको छ ।

महासंघका अध्यक्ष कार्कीले नेपाललाई विश्व माझ पहिचान दिलाउन सबैभन्दा उत्तम माध्यम खेलकुद रहेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

विश्वलाई नै एकै ठाउँमा उभ्याउन खेलकुद बाहेक कुनै क्षेत्रले नसक्ने भन्दै उनले खेलकुदको माध्यमबाट देशले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.