
काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगको आज भएको खेलमा विभागी टोलीद्वय त्रिभूवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफले शानदार जित निकालेका छन् ।
दुवै टोलीले जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा एपिएफ छ भने आर्मीले दोस्रो स्थानमा छ ।
प्रतियोगिताअन्तर्गत पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई ८–० को फराकिलो गोलअन्तरमा पराजित गर्यो ।
एपिएफकी रश्मिकुमारी घिसिङले ५ गोल, अनिता बस्नेतले २ गोल र अनिता केसीले १ गोल गरिन् ।
७ खेलमा एपिएफको १९ अंक पुगेको छ । कोशी प्रदेश पाँचौं स्थानमा छ ।
त्यसैगरी, दोस्रो खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई १०–० विशाल फरक गोल संख्याका पराजित गर्दै तालिकाको दोस्रो स्थानमा पुगेका हो ।
आर्मीकी अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरे भने हिमा चौधरी, दीपा शाही, शर्मिला मगर र अन्जना राना मगरले समान १–१ गोल गरे ।
चन्द्रपुर ७ अंकका साथ छैटौं स्थानमा छ ।



















