
काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगको आज भउको खेलमा संकटा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत पहिलो खेलमा संकटाले सुदूरपश्चिम प्रदेशलाई ६–० गोल पराजित गर्दै अंक जोडेको छ ।
संकटाका लागि टोमिलोपे जेनिफरले ४ गोल, ममता पुन र पुर्णिमा हमालले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।
संकटा ७ खेलमा ८ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा अंकविहीन सुदूरपश्चिम तालिकाको पुछारमा छ ।
त्यस्तै, दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङलाई २–० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
पुलिसका लागि सम्झना लावतीले २ गोल गरिन् ।
पुलिस ७ खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ । वालिङ समान ७ खेलमा समान १२ अंकका साथ चौथो स्थान छ ।



















