
विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ ।
त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग तेस्रो खेल खेल्न लागेको हो ।
शृङ्खलाको पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।
शृङ्खलाको अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ ।



















