एनवाइइएफ अन्तर बैंक फुटसलको उपाधि एनआइसी एसियालाई

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार १०:२३

विराटनगर । एनवाइइएफ विराटनगर च्याप्टरले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया बैंकले जितेको छ ।

विराटनगरको जाम्बोरी नेक्सर लाउन्ज (जेएनएल)मा आयोजना भएको फुटसलको फाइनलमा एनआइसी एसियाले एनएमबी बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि विजेता एनआइसी एसिया बैंकले नगद ५० हजार जितेको छ ।

यसैगरी, उपविजेता एनएमबीले २५ हजार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उपाधि दिलाउन नसके पनि एनएमबी बैंकका मिनराज रेग्मी सर्वाधिक गोल स्कोरर बने ।

त्यस्तै, उत्कृष्ट गोलकिपरको उपाधि भने एनआइसी एसियाका सविन श्रेष्ठले जिते । उत्कृष्ट दुवै खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगितामा १५ वटा बैंकको सहभागिता रहेको थियो ।

एनवाइइएफ विराटनगर च्याप्टर युवा व्यवसायीहरूको समूह हो । जसले विराटनगर र वरपरको क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.