एन्फा महिला लिगको पाँचौं स्थानमा कोशी

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ७, सोमबार १८:४०

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिग विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले फराकिलो गोल संख्यामा विजयी भएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले १–१ गोलको बराबरी खेलका छन् । दुवै टोली बराबारी गोलमा खेलेपछि समान १–१ अंक बाँडे ।

चन्द्रपुरका लागि सुनिता सुनारले ५१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

खेलको निर्धारित समय सकिन १० मिनेट बाकी छँदा कोशीकी ममता राउतले गोल गर्दै खेललाई बराबरी पारिन् ।

कोशी ८ खेलमा ११ अंकका साथ पाँचौं स्थानमा छ । चन्द्रपुरले समान खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

त्यसैगरी, दोस्रो खेलमा विभागी टोली एपिएफ पूरै हाबी हुँदै सुदूरपश्चिम प्रदेशलाई १९–० को भारी गोलको वर्षा गराउँदै जित निकालेका छन् ।

जितसँगै ८ खेलबाट २२ अंक जोडेको एपिएफ शीर्ष स्थान कायमै राखेको छ भने सुदूरपश्चिम प्रदेश ८ खेलबाट कुनै अंक जोड्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.