महिला साफका लागि प्रारम्भिक टोलीको घोषणा

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ८, मंगलबार २०:१०

काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने साफ महिला च्याम्पियनसिपका लागि ४० सदस्यीय प्रारम्भिक टोलीका महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घोषणा गरेको हो ।

कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंमा साफ महिला च्याम्पियनसिप हुँदैछ । यो प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक हुन लागेको हो । पहिलो पटक सन् २०१९ मा विराटनगरमा र २ वर्षअघि काठमाडौमा भएको थियो ।

कात्तिकमा हुन लागेको प्रतियोगिताको प्रारम्भिक टोलीमा विदेशमा खेलिरहेका सावित्रा भण्डारी ‘साम्बा’, रेखा पौडेल र ग्रीस जाने तयारीमा रहेकी एन्जिला तुम्बापो सुब्बा पनि टोलीमा छन् । प्रारम्भिक चरणमा परेका खेलाडी जारी महिला राष्ट्रिय लिगमा खेल्दै छन् ।

टोलीमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना छन् । विमला बिक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत पनि टोलीमा समावेश छन् ।

त्यस्तै, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अन्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लीला जोशी, सुशीला चौधरी, खुश्मा राई र सुनिता भुलन रहेका छन् ।

नेपाल साफ च्याम्पियनसिपमा च्याम्पियन हुन सकेको छैन । यसअघिका ६ मध्ये ५ पटक खेलमा उपविजेता बनेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.