नेपाल र ओमान बीचकाे खेल रद्द, नेपाललाई १ अंक

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ९, बुधबार ०६:४८

विराटनगर । आईसीसी विश्वकप लिग – २ मा नेपाल र ओमानबीचको खेल रद्द भएको छ ।

खेल नेपाली समय अनुसार हिजो राति ८ ः४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा वर्षा हुँदा खेल रद्द भएको हो । खेल रद्द हुँदा दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३, दोस्रो खेलमा ओमानसँग १ विकेट र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो । अब नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी- २० सिरिज हुनेछ ।

लिग २ मा नेपाल ८ खेलमा ३ अंकका साथ सातौं स्थानमा छ । ओमान ७ खेलमा २ मा जितका साथ ६ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.