
विराटनगर । यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन,’ तिवारीले भने ।
विराटनगरबाट यात्रु लिएर गाइघाटतर्फ जाँदै गरेको बस साँझ ६ः१० बजेतिर खसेको हाे ।
सप्तरी प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्याैपानेका अनुसार काेशी ब्यारेजकाे ३५ नम्बर ढाेकाबाट बस खसेकाे हाे । बसमा १५–२० जना यात्रु रहेकाे उनले बताए । ‘बससँगै यात्रु नदीमा खसेकाे जानकारी आएकाे छ,’ उनले भने ।
कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।























