एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २१, सोमबार १०:४१

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले नेपालीहरुका महान पर्वहरूको अवसर पारेर चाडपर्व विशेष उत्सव मनाइएको छ ।

वडादसैं, तिहार, नेपाल सम्वत्, छठ तथा इदलगायतका विभिन्न धर्मावलम्बीहरुले मनाउने पर्वहरूको संस्कृति झल्किने गरी उत्सव मनाइएको हो । बाल मनस्थितिबाटै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जगाउनु पर्छ भन्ने उद्देश्यका साथ एभरेष्टले मन्टेश्वरी तहमा चाडपर्व उत्सव मनाएको हो ।

जहाँ प्ले गु्रपदेखि कक्षा १ सम्मका बालबालिकाको सहभागिता र प्रस्तुति थियो । बालबालिकाले दसैं, तिहार र छठलगायतका पर्वमा गाइने संगीतमा नृत्य प्रस्तुत गर्नेदेखि लिएर चाडपर्वका कथा अनुसारका प्रहसनसमेत प्रस्तुत गरे ।

यस्तै दसैंमा पूजा गरिने नौं दुर्गाको अवतारमा प्रस्तुत भएका बालिकाहरूले आ–आफ्नो स्वरुप अनुसारका दुर्गाको महिमा प्रस्तुत गरे । तिहारमा खेलिने देउसी र भैलो खेलेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले आफूहरुले सोचेभन्दा राम्रो प्रदर्शनी गरेको बताइन् । यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बालबालिकाले प्रस्तुत गरेको अभियन व्यवहारमा लागू गराउनका लागि उनीहरुलाई यसरी सानै उमेरदेखि नै आ–आफ्नो पर्व, संस्कृति बुझाउन सके संस्कृतिको जर्गेना गर्न सकिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.