धेरै रिँगटा लाग्छ ? यसो गर्नुहोस्

Share this
829shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन २२, मंगलबार ०७:२८

विराटनगर । कमजोरी र अन्य शारिरीक समस्याका कारण धेरैलाई रिँगटा लाग्ने समस्या हुन्छ । रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ ।

यो साधारण समस्या हो, तर लापरबाही गरे ठूलो जोखिम निम्तिन सक्छ । कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ ।

रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।

टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् ।

के खाने , के नखाने ?

 -खानपान समयमै  खाने ।
-एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने ।
-गर्मी भएमा अमलाको सर्वत पिउने ।
– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने ।
-रक्सी, खैनी, नशालु पदार्थ नखाने ।
-एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने ।
– अत्याधिक खाना नखाने ।

के गर्ने, के नगर्ने ?

– रिँगटा लाग्ने बित्तिकै आराम गर्ने ।
– सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।

-निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने ।
-नियमित व्यायाम गर्ने ।
-मधुमेह भए नियन्त्रणमा राख्ने ।
-टाउकोमा बदामको तेलले मालिस गर्ने ।
-आँखा कमजोर भए चस्मा लगाउने ।
-अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने।
-चिया, चुरोट, बिंडी नखाने ।
-साइकल, स्कुटर, कार नचलाउने ।
-बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।
-कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने ।
-आगो, पोखरी तथा तलाउमा सतर्क रहने ।

तपाइको प्रतिक्रिया
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×