
काठमाडौं । नेकपा एमाललेलाई व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानबारे सर्वाेच्च अदालतमा रिट दर्ता हुने भएको छ ।
अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको रिटलाई दर्ता गर्न सर्वाेच्चले आज आदेश दिएपछि जग्गा दानबारेको रिट सर्वोच्चमा दता हुने भएको हो ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दा दर्ता गर्न सर्वाेच्च प्रशासनलाई आदेश दिएको छ । इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने व्याख्या गर्दै अहिलेलाई रिट दर्ता गर्न आदेश दिएको हो ।
सर्वाेच्चका रजिस्टार भद्रकाली पोखरेलले यसअघि उक्त रिट दरपिठ गरिदिएका थिए । सर्वाेच्च प्रशासनले एमाले पार्टी कार्यालय दान लिनदिने बारेमा रिट निवेदक बस्नेतको सार्थक सम्बन्ध नहुने भन्दै दरपिठ गरेको थियो ।

























