साफ महिला च्याम्पियनसिप: भारतलाई हराउँदै बंगलादेश समूह विजेता

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार १९:५५

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै साबिक विजेता बंगलादेश सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा बंगलादेश भारतलाई ३–१ गोलले पराजित गरी समूह ‘ए’ को शीर्ष स्थान रहँदै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा पहिलो जित दर्ता गरेको बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता भयो ।

भारत २ खेलमा ३ अंकका साथ उपविजेता हुँदा २ खेलमा १ अंक जोडेको पाकिस्तान समूह चरणबाटै बाहिरियो । मध्यान्तरअघि नै दुवै टोलीबाट गोल भएका थिए । मध्यान्तरपछि दुवै टोलीले गोल गर्न सकेनन् ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल र अफिदा खान्दाकरले १ गोल गरिन् । एक मात्रै गोल भारतका लागि बाला देवीले गरिन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘बी’को पहिलो खेल भुटान र माल्दिभ्स तथा दोस्रो खेल नेपाल र श्रीलंकाबीच हुनेछ ।

नेपाल र भुटानको २–२ खेलमा समान ४–४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहीन छ ।

यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ । दोस्रो हुने टोलीले बंगलादेशसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.