रंगशाला भेट्रानलाई रविदानन्द स्मृति कपको उपाधि

Share this
611shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ८, बिहीबार १२:१६

विराटनगर । मोरङको ग्रामथानमा भएको प्रथम रविदानन्द चौधरी स्मृति कपको उपाधिको विराटनगरको रंगशाला भेट्रान क्लबले जितेको छ ।

नेता चोक टाईगर क्लबले आयोजना गरेको प्रतियोगितामा रंगशाला भेट्रानले वाकओभरको आधारमा उपाधि जितेको हो ।

विराटनगरकै विराट युनाइटेड भेट्रान क्लब फाइनल नआएपछि आयोजकले अन्तिम समयमा रंगशालालाई विजयी घोषणा गर्यो ।

रंगशाला भेट्रानले उपाधि जित्दै नगद ३१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

गाउँमा पहिलो पटक प्रतियोगिता आयोजना गरेको बताउँदै, क्लबका अध्यक्ष मुक्ति गच्छदारले भने, ‘पहिलो प्रतियोगिताबाट धेरै कुरा जान्ने, बुझ्ने र सिक्ने मौका पायौं । हाम्रो क्लबको स्तरअनुसारको प्रतियोगिता सम्पन्न भयो । तर, भाग लिएको टोलीले हामीलाई अन्तिम समयमा धोका दिएपछि प्रतियोगिता खल्लो भएको हामीले महसुस गरेकका छौं ।’

खेलको टाइसिट बनाउँदै सबै क्लबका प्रतिनिधिको सहमति मै बनाइएको थियो । खेल तालिकाअनुसार प्रतियोगिताको फाइनल खेल मंगलबार नै हुनुपर्ने हो ।

तर, फाइनल पुगेको विराटले मंगलबार आफ्नो खेलाडीहरु अन्यत्र खेल्न गएको हुँदा नभ्याउने भनेपछि बुधबारलाई खेल सारेको बताउँदै, अध्यक्ष गच्छदारले भने, ‘क्लबको प्रतिनिधिको घरमै पुगेर बुधबार खेल हुने लिखित जानकारी दिएका थियौं । अर्को टोलीले यसरी समय बदल्दै जाने हो भने हाम्रो अनुकूलमा फाइनल हुनुपर्छ भनेर विवाद सिर्जना हुने भएपछि बुधबार खेलाइएको हो । फाइनलमा विराटलाई धेरै समय पर्खेर बस्दा पनि नआएपछि नियम अनुसार रंगशालालाई विजयी घोषणा गरेका हौं ।’

खेलाडीहरुलाई समाजसेवी उषादेवि चौधरी, क्लबका अध्यक्षलगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.