माल्दिभ्सविरुद्ध गोलको वर्षा गर्दै भुटान सेमिफाइनलमा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ८, बिहीबार १९:५४

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्सविरुद्ध गोलको वर्षा गर्दै भुटान सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो गोल संख्यमा पराजित गरेको हो ।

भुटानका लागि डेकी ल्हाजोमले ५ गोल, पेमा छोदेन र डेकी याङदोनले २–२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १–१ गोल गरे ।

आइतबारको पहिलो सेमिफाइनल बंगलादेश र भुटान तथा दोस्रो सेमिफाइनल नेपाल र भारतबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.