बेलबारी गोल्डकपको फाइनल आज

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १०, शनिबार ०७:३९

विराटनगर । मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज हुँदैछ । उपाधिका लागि सलहेस फुटबल क्लब सिराहा र झापा ११ ले प्रतिस्पर्धा गर्दैछन् ।

बेलबारी ११ को लक्ष्मी खेल मैदानमा हुने फाइनलको बिजेताले अढाई किलो चाँदीमा २ तोला सुन जडित ट्रफि सहित नगद आठ लाख रुपियाँ र उप विजेताले चार लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १० टिम सहभागी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.