
काठमाडौं । अलैँचीको निर्यात घटेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) एक अर्ब २६ करोड २१ लाख रुपैयाँ बराबरको सात लाख ८३ हजार ७५० केजी अलैँची निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा १५ लाख २५ हजार ९६० केजी निर्यात भएको थियो ।
गत वर्षको तीन महिनामा चालु आवको तीन महिनामा ६३ करोड रुपैयाँ बराबरको अलैँची निर्यातमा कमी आएको विभागले जनाएको छ । अलैँची उत्पादक सङ्घका अध्यक्ष निर्मल भट्टराईले अलैँचीको उत्पादन कम हुँदा निर्यातमा कमी आएको बताए ।
सङ्घका अनुसार १८ हजार हेक्टरमा वार्षिक पाँच हजार मेट्रिकदेखि आठ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । एक लाख २५ हजार परिवार अलैँची खेतीमा आश्रित छन् ।

























