अपराधको अनुसन्धान परिणाममुखी हुन आवश्यक : प्रधानन्यायाधीश

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ११, आइतबार १८:१३

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान बयानमुखीभन्दा पनि प्रमाणमुखी हुन आवश्यक रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय’ विषयक एकदिने गोष्ठीमा प्रधानन्यायाधीश राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने स्पष्ट पारे ।

फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था प्रहरी, अभियोजनकर्ता सरकारी वकिल र न्याय निरूपण गर्ने संस्था अदालतबीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइ छ ।

अनुसन्धानलाई बयानमुखीभन्दा सवुद र प्रमाणमुखी बनाउन सके अपराधकर्म तथ्य र प्रमाणबाट स्थापित हुने तथा दोषीले सजाय पाउने अवस्था बनेर समाजमा दण्डहीनताको संस्कृति अन्त्य हुने आफ्नो विश्वास रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.