
काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा आइतबार भएको खेलमा भुटानलाई ७–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै बंगलादेश उपाधिनजिक पुगेको हो ।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १–१ गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए ।
प्रतियोगिताको उपाधि जित्नका लागि बंगलादेशले नेपाल र भारतबीचको विजेतासँग खेल्नु पर्ने छ । नेपाल र भारतबीच जारी खेलमा अहिलेसम्म दुवै टोली गोलरहित बराबरीमा खेल्दै छन् ।



















